भिटामिन D ले आन्द्रालाई क्याल्सियम र फस्फेट सोस्न मद्दत गर्छ। यी खनिजले हड्डी र दाँत बनाउँछन् र बलियो राख्छन्। यसले मांसपेशी लाई पनि राम्रोसँग काम गर्न मद्दत गर्छ, र रोग प्रतिरोधक प्रणालीमा पनि भूमिका खेल्छ।
घाम (UVB किरण) लाग्दा छालाले भिटामिन D बनाउँछ, र थोरै मात्रा खाना बाट आउँछ। कलेजोले यसलाई 25-हाइड्रोक्सीभिटामिन D मा बदल्छ। रगत जाँचले यही नाप्छ, किनकि यसले पछिल्ला केही हप्ताको सञ्चित मात्रा देखाउँछ। त्यसपछि मिर्गौलाले यसको सक्रिय रूप बनाउँछ।
भिटामिन D2 र D3 दुवैले लेभल बढाउँछन्; छालाले बनाउने D3 (cholecalciferol) ले अलि बढी बढाउँछ र अलि लामो समय टिक्छ। रिपोर्टमा यो टेस्ट प्रायः 25-OH vitamin D, vitamin D total वा vitamin D3 test भनेर लेखिन्छ।



